ईतिहासमा पहिलो ब्रामण बने प्रधानसेनापति

| 2021 Aug 09 | 06:07 pm 2673

काठमाडौँ साउन २५: नेपालि सेनाले आज देखि विधिवत रुपमा नया सेनापतिका रुपमा रथी प्रभुराम शर्मालाई पाएको छ। शर्माले आजै जंगी अड्डामा आयोजित बिशेष कार्यक्रमका बीच कायममुकायम प्रधानसेनापतिकाे रूपमा नेपाली सेनाको नेतृत्व लिएका हुन् । आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गरेका हुन् ।

सेनामा कायममुकामय भए पनि नेतृत्व लिएपछि उनलाई पूर्ण अधिकार हुन्छ । सेना सम्बन्धी कुनै पनि निर्णय शर्माले लिन सक्छन् । शर्मा एक महिनापछि स्वतः प्रधानसेनापति हुनेछन् । नेपाल सेनामा ब्राहण समुदायको अधिकृत नै पहिलोपटक नेतृत्वमा पुगेका हुन् ।

 

   

सेनामा क्षेत्रीको नेतृत्व रहँदै आएको थियो । छत्रमान गुरुङले सेनाको नेतृत्व लिएर क्षेत्रीको नेतृत्व तोडेका थिए । शर्माले ब्राहमण समुदायबाट सेनामा नेतृत्व गरेको नेपालको इतिहासमा यो पहिलो हो । सेनाको परम्परा अनुसार प्रधानसेनापति थापाको कार्यकाल एक महिना बाँकी रहदै उनि घर बिदामा बसेका छन्। एक महिनाको बिदा समाप्त्त भएपछी शर्मा स्वतः प्रधानसेनापति हुने छन्। एक महिना पछि अबकाश हुने थापा भक्ति थापाका सन्तति पनि हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.