गण्डकी प्रदेशका अर्थमन्त्री बरालद्वारा दंगा नियन्त्रण प्रहरी गण तनहुँको प्रशंसा

| 2021 Aug 08 | 04:37 pm 7113

बेलचौतारा साउन २४: गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शनिबार २३ गते शुक्लागण्डकी नगरपालिकाको बेलचौतारमा रहेको नेपाल प्रहरीको ‘गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण’ बेलचौतारा, तनहुँको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । मन्त्री बरालले गणको अवलोकन गर्नुका साथै प्रहरी कर्मचारीहरूको समस्याका विषयमा जानकारी समेत लिएका छन् ।

अर्थमन्त्री बरालसँग गण्डकी प्रदेशका प्रमुख (डीआईजी) दिवेश लोहनी पनि रहेका थिए । मन्त्री बराल र डीआईजी लोहनी गणको कार्यालयमा लामो समय सम्म बसेर प्रहरीका सस्याका विषयमा जानकारी लिएका थिए ।

उक्त्त अबसरमा गणका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले दंगा नियन्त्रण प्रहरी गणको कर्तव्य र प्रहरी कर्मचारीहरूको समस्याका विषयमा जानकारी गराएका थिए । एसपी ज्ञवालीले गणमा भौतिक संरचनाको अभावका कारण प्रहरी कर्मचारीलाई बस्न समस्या रहेको मन्त्री बराल र डीआईजी लोहनीलाई जानकारी गराएका थिए ।

गणले गरेको काम र भौतिक संरचनाका विषयमा अर्थमन्त्री बराल र डीआईजी लोहनीलाई जानकारी गराएको गणका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए ।

गण्डकी प्रदेशका अर्थमन्त्री बरालले दंगा नियन्त्रण प्रहरी गण तनहुँलाई आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । बरालले साधन स्रोतका अभावका बाबजुद प्रहरीले गरेको कामको प्रशंसा गरेका छन् । उनले विपत व्यवस्थापनदेखि शान्ति सुरक्षा कायम गर्न प्रहरीले ठूलो योगदान दिएको बताए ।

गण्डकी प्रदेशका प्रमुख (डीआईजी) लोहनीले पनि दंगा नियन्त्रण प्रहरी गणको कामको उच्च मूल्यांकन र प्रशंसा गरेका थिए । उनले आगामी दिनमा आफ्नो जिम्मेवारीलाई झन् दायित्व बोधका साथ निभाउन निर्देशन दिएको गणका प्रमुख ज्ञवालीले बताए ।

बेलचौतारा तनहुँमा रहेको गणमा शुरुमा ४०–५० जना प्रहरी थिए । ४५० दरबन्दी रहेको गणमा हाल १२० जना प्रहरी कार्यरत छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख (डीआईजी) लोहनीको परामर्शमा विभिन्न जिल्लामा छरिएर रहेका प्रहरीलाई ल्याउन पहल गर्ने बताएका छन् । गण्डकी प्रदेशमा ठूला दंगा, विपत्ती हुँदा यहि गणबाट प्रहरी खटिएर काम गर्ने गरेका छन् ।

केही दिन अगाडि गण्डकी प्रदेशका प्रमुख (डीआईजी) लोहनी गणमा आएर प्रहरी कर्मचारीहरूको विषयमा जानकारी लिनुका साथै आफूबाट सहयोगको प्रतिवद्धता जनाएका थिए ।

डीआईजी लोहनीले गण्डकी प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले पछि प्रहरी कर्मचारीका समस्याका विषयमा स्थलमै पुगेर जानकारी लिन थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.