बालाजुकाे बिस्कुट उद्याेगमा भीषण आगलागी

रिपोर्ट नेपाल | 2021 Aug 07 | 08:06 am 1813

काठमाडौं, साउन २३: बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ। बालाजु प्रहरीका अनुसार गएरातिदेखि औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगलागी भएको हो।

रातिदेखि लागेको आगो बारुणयन्त्रले पनि निभाउन नसकेपछि अहिले हेलिकप्टरको प्रयोग गरिएको छ। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पानी ट्यांकर, दमकलसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेकाे बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.