विभुषण तथा प्रधान सेनापति प्रशंसा निशान सुशोभन समारोह सम्पन्न

रिपोर्ट नेपाल | 2021 Aug 06 | 05:03 pm 2429

काठमाडाैं, साउन २२ः राष्ट्र र नेपाली सेनाको गौरव एवम् प्रतिष्ठा बढाउन उत्कृष्ट योगदान पुर्‍याउनु हुने रथीबृन्द, अधिकृत,
पदिक तथा गैह्र सैनिक महानुभावहरुलाई २०७६ र २०७७ सालको संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान भएको अलङ्कार तथा पदकका साथै श्री प्रधान सेनापतिको कार्यकाल १००० दिन पुरा भएको अवसरमा मिति २०७८ जेठ २३ गते प्रधान सेनापति पूर्णचन्द्र थापाबाट प्रदान गरिएकाे प्रधान सेनापति प्रशंसा निशानको सुशोभन समारोह आज शुक्रबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच प्रधान सेनापति थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

संविधान दिवस २०७६ र २०७७ मा अलङ्‌कार र पदकबाट विभूषित हुने मध्येबाट रथीवृन्द –२, अधिकृत – ९, पदिक –३ र अन्यदर्जा –६ जना तथा प्रधान सेनापति प्रशंसा निशान प्राप्त गर्ने सैनिक तर्फ –६ जना (अधिकृत-४, पदिक-१ र विल्लादार-१), सैनिक श्रीमती संघका पदाधिकारी – २ जना र गैर सैनिक महानुभाव–१० जना गरी जम्मा ३२ जना सुशोभित भएका छन् ।

कोभिड प्रोटोकलको पूर्ण रुपमा पालना गरी सम्पन्न भएको उक्त समारोहमा अलङ्‌कार, पदक तथा प्रधान सेनापति प्रशंसा निशान प्राप्त गर्ने सैनिक तथा गैर सैनिकहरु मध्येबाट सीमित संख्यामा उपस्थिति गराईएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.