सशस्त्र प्रहरीद्वारा गाँजा तथा चोरीपैठारीको सामान बरामद

| 2021 Aug 01 | 08:30 pm 3905

धादिङ्ग, साउन १७ः जिल्लाको गजुरी गाउँपालिका ६ स्थित पृथ्वी लोकमार्गबाट सशस्त्र प्रहरीले करीव पाँच किलाे गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा ल्याउने व्यक्तिले बोकेको बोरा सोही ठाउँमा छाडी फरार भएपछि सो बोरामा जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेको हो ।

चोरीपैठारीको सामान बरामद
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका २ लच्कास्थित सीमा ईलाकाबाट साउन सशस्त्र प्रहरीले करीव ३ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश भुवाजीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.