प्राथमिकतामा भटमासको तेल

रिपोर्ट नेपाल | 2021 Jul 28 | 07:34 am 2445

माेरङ, साउन १३ः नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको तेल पहिलो सूचीमा देखिएको हो ।

मोरङ र सुनसरीमा सञ्चालित स्वस्तिक आयल, क्वालिटी आयल, पशुपति खाद्यतेल उद्योग, बाबा आयल, बागमती आयल, श्रीराम रिफाइनरी र एभरेस्ट सोल्भेन्टले साढे १५ अर्ब रुपियाँभन्दा बढीको भटमासको तेल निर्यात गरेको पाइएको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आवमा १५ अर्ब ६७ करोड ३१ लाख रुपियाँ बराबरको ९० हजार ३१० मेट्रिक टन भटमासको तेल निर्यात गरिएको छ ।

निर्यात मात्रै नभई आयाततर्फ मूल्यका आधारमा सबैभन्दा बढी पैठारी हुनेमा पनि भटमासको कच्चा तेल भएको छ । उक्त आवमा १४ अर्ब ९० करोड ५६ लाख मूल्यको एक लाख २० हजार टन भटमासको कच्चा तेलको पैठारी गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । गाेरखापत्र दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.