काठमाडौं, साउन १२ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १६५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भएका पदम परियार रहेका छन् ।
मंगलबार हिमालय एयरको उडानद्वारा दुवईबाट काठमाडौं आएका परियारको गतिविधि संकास्पद देखिएकोले उनलाई निग्रानी गर्दै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्सरेमा चेकजाँचको क्रममा १ किलो १६५ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका परियारलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको प्रहरीले जनाएको ।