पवर्तमा पहिरोले पुरिंदा ६ वेपत्ता, बाढीले दुई दर्जन घर बगे

रिपोर्ट नेपाल | 2018 Jul 18 | 08:58 am 1775

पर्वत, श्रावण २: अविरल वर्षाका कारण आएको बाढीले खोलको किनारमा गरेको कटानसँगै पहिरो खसेपछि छ जना वेपत्ता भएका छन्। मंगलबार रातिको मुसलधारे वर्षापछि बढेको लस्ती खोल किनारमा गरेको कटानसँगै माथिबाट झरेको पहिरोका कारण जलजला–८ लस्तीका बमबहादुर परियार लगायत केही घर पुरिंदा ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बमबहादुरका १६ वर्षिय छोरा विकास परियार र अन्य ५ जनाको नामठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

मंगलबार साँझदेखिको मुसलधारे वर्षापछि बढेको लस्तीखोलाले कटान गर्दा लस्तीको बरेनेटा नजिकैको गाउँ नै पहिरोको चपेटामा परेको हो । राति करिव १ बजे खसेको पहिरोले बरेनेटाका अरु १६ घर पहिरोले पुरिएपछि त्यहाँका बासिन्दाहरु सुरक्षित स्थानतर्फ सरेका थिए । रातको समय भएकोले कतिजना बेपत्ता छन् भन्ने यकिन नभएको स्थानीयवासीले बताए ।

घटनास्थलमा मिलनचोक प्रहरी चौकीका सहायक निरीक्षक लगायतको टोली राति नै पुगेपनि वर्षा नरोकिएकोले उद्दारमा कठिनाई भएको प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.