अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ

| 2021 Jul 24 | 02:49 pm 2973

सर्लाही, साउन ९ः अवैध लागूऔषध चरेशसहित प्रहरी चौकी गोरखकाली तथा सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट संयूक्त रुपमा खटिएको गस्ती टोलीले तीन जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मकवानपुर साविक टिस्टुङ गा.वि.स.वडा न.१ हाल थाहा न.पा.वडा न.११ मा बस्ने ५९ बर्षीय बिर बहादुर बल, मकवानपुर कैलाश गा.पा.वडा न.५ मा बस्ने  २५ वर्षीय सुकराम पाख्रीन र काभ्रे नमीबुद्ध न.पा.वडा न.११ मा बस्ने  सुकलाल तामाङ रहेका छन् ।

उनीहरूलाई सर्लाही मलंगवा न.पा.वडा न.२ स्थित नेपाल भारतको सिमाना नजिकै चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ठूलाे परिमाणकाे चरेश  बरामद गरी उनीहरुलाई बरामद दशीका सामान सहित पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे हाे ।

प्रहरीले उनीहरूकाे साथबाट Redami कम्पनीको माेबायल, नेपाली ९८२४८९११७६ र भारतीय ९१७४८३२२१३९३ न.को सिमकार्ड तथा भारतीय ५००। दरको ३२ वटा गरी रु.१६,०००। भारु बरामद गरेकाे थियाे । उनीहरु उपर लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.