काठमाडाैं, साउन ३ः फरार रहेका एक अभियुक्तलाई ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा महोत्तरी साविक पिपरा गा.वि.स. वडा नं.९, हाल पिपरा गाँउपालिका वडा नं. ३ बस्ने ४० वर्षीय सन्तोष कुमार मिश्र रहेका छन् ।
उनलाई पक्राउ गरी ब्यूराेकाे कार्यालयमा उपस्थित गराई दिनहुन भनि जिल्ला प्रहरी कार्यालय महोत्तरी, अ.अ. तथा कारबाही शाखाबाट अनुरोध भई आएकोमा अभियुक्तको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले मिति २०७८/०४/०३ गते जिल्ला काठमाडाैं बुढानिलकण्ठ न.पा. वडा नं. ०८ हात्तिगौंडामा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाईएको ब्यूराेले जानकारी दिएकाे हाे।
अभियुक्त मिश्रलाई लेनदेन विगो मुद्दामा ४५ लाख र सोको हुने व्याज समेत भराउने भनि सम्मानित महोत्तरी जिल्ला अदालतको मिति २०७६।०३।१२ गते फैसला भएको थियाे ।