चोरीको मोवाइलसहित बौद्धबाट तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jul 15 | 02:59 pm 2705

काठमाडौं, असार ३१ः काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाट तथा चोरी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको निजगढका १८ वर्षीय समिर तामाङ, सोही ठाउँका २२ वर्षीय विरस मगर र खोटाङको बतासेका १९ वर्षीय भिम राई रहेका छन् ।

लुटपाट तथा चोरी गरेका २० थान मोवाइलसहित तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए । उनीहरु सबै गोकर्णेश्वर बस्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.