रोटीले कि भातले भुँडी घटाउँछ ? डाइटिसियनको जवाफ

रिपोर्ट नेपाल | 2018 Jul 17 | 03:55 pm 3610

तपाइँलाई मोटो पनले सताएको छ वा भुँडी लागेर चिन्तित हुनुहनुन्छ भने पक्कै पनि भुँडी घटाउने उपाय खोजिरहनु भएको होला ।भुँडी बढेर दिक्क पार्‍यो रु पिर नगर्नुस्

के भात खाँदा भुँडी बढ्छ ?

कतिपयले भुँडी घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भातले भुँडी नबढ्ने भन्दै भात खान्छन् । कतिलाई त अझ भात नखाइ पेट नै नभरिने समस्या हुन्छ ।धेरै मानिसलाई रोटी खाँदा भुँडी घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी छैन ।

विश्वका चर्चित डाइटिसियनले एक टोकरी ३० ग्राम चामल र ३० ग्राम रोटीले शरीरमा उत्तिकै क्यालोरी दिने भएका कारण यसमा अलमल नपर्न सुझाव दिएका छन् ।

हालै प्रकाशित एक रिपोर्टमा विश्व चर्चित डाइटिसियनहरुले भात र रोटीले उत्तिकै क्यालोरी दिने भएका कारण भात र रोटीले फरक नपार्ने बताएका छन् ।

तर पेटको दृष्टिले रोटीमा फाइबरको मात्रा बढी हुने हुँदा त्यसले पाचनमा सजिलो हुने उनीहरुको भनाइ छ । भातमा भने फाइबरको मात्र हुँदै हुँदैन भन्दा पनि हुन्छ ।

भात खाँदा छिटो भोक लाग्ने र रोटी खाँदा केही समय सम्म भोक नलाग्ने भएका कारण रोटी खानु उचित मानिएको हो ।जसलाई भात खाने बानी परेको छ त्यस्ताका लागि भने भातमा फाइबरको मात्रा हुने चिजहरु मिसाएर पकाउनु पर्ने डाइटिसियनको सुझाव छ ।

चामल र गहुँमा चिल्लो पदार्थको मात्रा भने बराबर हुने डाइटिसियनको भनाइ छ । स्वास्थ्य जिवनशैली

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.