संरक्षित वन्यजन्तु कस्तुरीको वीनासहित दुई जना पक्राउ

| 2021 Jul 13 | 05:08 pm 2153

काठमाडाैं, असार २९ः संरक्षित वन्यजन्तु कस्तुरीको वीना सहित दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरोकाे टाेलीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुर गढी गाँउपालिका वडा नं. ४ बस्ने ४८ बर्षीय लाल बहादुर घलान र झापा गौरीगंज गाँउपालिका वडा नं. ३ बस्ने ३५ बर्षीय उदय कुमार कोइराला रहेका छन् ।

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धानतथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा  ललितपुर गोदावरी नगरपालिका वडा नं.-१४, ठैवबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने आखेटोपहार १  थानसहित उनीहरूलाई मिति २०७८/०३/२८ गते  पक्राउ गरिएकाे व्यूराेले जानकारी दिएकाे हाे ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, गोदावरी, ललितपुरमा पेश
गरिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.