सट्टेबाजी खेल्ने पाँच जना पक्राउ

| 2021 Jul 10 | 12:11 pm 3229

काठमाडाैं, असार २६ः हाल भैरहेको यूरो कप फुटबल प्रतियोगिता २०२१ का खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलहरुमा बाजी थापी धेरै ठूलो धनराशि हारजित हुने गर्ने गरेको पाइएकाे छ।

त्यस्तै अवस्थामा प्रहरीले बिशेष सुचनाको आधारमा पाँच जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ५ थसिखेल बस्ने बर्ष ३२ को दिप्जल ढुंगाना, वडा नं.२ सानेपा बस्ने बर्ष २६ को आशिष सिंह, वडा नं.११ कोवाहाल बस्ने बर्ष ४२ को राजु महर्जन, वडा नं.१६ धापागल बस्ने बर्ष ३८ को बिनोद महर्जन र वडा नं.१२ टंगाल बस्ने बर्ष २९ को सफिर राज राजकर्णिकार रहेका छन् ।

उनीहरुलाई प्रहरीले ललितपुर जिल्लाको बिभिन्न स्थानहरुबाट निजहरुले सट्टेबाजीमा प्रयोग भएको मोबाईलहरु सहित पक्राउ उनीहरु उपर सट्टेबाजी गर्न नहुने सम्बन्धी कसुर मुद्धामा सम्मानित ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भई रहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.