एलायन्स क्लब अफ तनहुँको पदास्थापन सम्पन्न

रिपोर्ट नेपाल | 2021 Jul 10 | 11:58 am 1797

तनहुँ, असार २५ः एलायन्स क्लब अफ तनहुँको शुक्रबार दमौली पदस्थापना गरिएको छ । वर्ष सन् २०२१/२२ को लागि अध्यक्ष सुदीप पौडेललाई निर्वतमान अध्यक्ष जमुना जोशीले निर्णय पुस्तिका प्रदान गरी हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष उज्ज्वल पौडेलको प्रमुख आतिथ्यमा हस्तान्तरण कार्यक्रम गरिएको थियो । सो अवसरमा अध्यक्ष पौडेलले कामबाट नै संस्थाको पहिचान हुने भएकोले उदाहरणीय किसिमका कामहरु गरेर गरीमा बढाउनु पर्ने बताए । साथै उनले क्लबले नेतृत्वको विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने हुँदा युवाहरुलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

सन् २०२१/२२ अन्य पदहरु प्रथम उपाध्यक्ष विनय राउत, द्धितिय उपाध्यक्ष रोशन शर्मा, सचिव अमित कैनी, कोषाध्यक्ष अजित पन्थ, सहचिव जोहर मिया, सहकोषाध्यक्ष, केसवती दुरा, सर्भिस प्रमुख सन्तोष श्रेष्ठ, स्वास्थ्य प्रमुख कृष्ण, प्रमोसन अफिसर विशालकुमार, मेम्बरसिप ग्रोथ अफिसर मिनेन्द्र श्रेष्ठ, फेलोसिप अफिसर परशुराम ढुङ्गाना, सम्पादक अर्जनु पौडेल रहेका छन् । सल्लाहकारहरुमा आकाश अधिकारी र कल्पना पौडेलको पदस्थापना गरिएको थियो ।

क्लबले धार्मिक स्थलहरुको सरसफाई, गौ संरक्षण केन्द्र पुगेर गाईलाई दाना खुवाउने, मानसिक रोगीको लागि हेरचाहको लागि पहल गर्ने, आर्थिक अवस्था कमजोर छात्राछात्राहरुलाई स्टेशनरी, पोशाक सहयोग गर्ने जस्ता कार्य गर्दै आएको छ ।

क्लबले केही समय अघि मात्रै व्यास नगरपालिका–११ मा भाडाको घरमा बस्ने अपाङ्गता भएकी शुकमाया आलेको परिवारको खाद्यान्न तथा स्टेशनरी सामग्री मद्धत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.