पत्रकार कल्याणकारी कोषमा गुरुङ्गको सहयोग

| 2021 Jul 08 | 04:57 pm 1665

तनहुँ,असार २४ः नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा तमु धिं नेपालको अध्यक्ष हुम गुरुङ्गले सहयोग गरेका छन् ।

गुरूङले नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई पाँच हजार रुपयाँ रकम हस्तान्तरण गरेका हुन् । आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङ्ग अग्रज पत्रकार समेत हुन् ।

पोखरा महानगरपालिका १४ मा बस्दै आएका गुरुङ्ग बिभिन्न समाजिक संघ संस्थामा समेत नेतृत्वदायी भूमिकामा छन् ।
संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाँउदा आफुलाई खुशी लागेको गुरुङ्गले बताए ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष पौडेलले कल्याणकारी कोषमा गरेको सहयोग प्रति आभार ब्यक्त गरे । कोषमा सहयोग आउनेक्रम जारी रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.