सर्लाही, असार २४ः चक्कु प्रहार गर्दा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका ४ सागरनाथका ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्यङबो रहेका छन् ।
उनलाई सोही स्थानका ५८ वर्षीय पाल दोर्जे स्याङतानले चक्कु प्रहार गरेका थिए । उनीहरुबीच पुरानो रिसिविको कारण बाद–विवाद हुदा पाल दोर्जे स्याङतानले कृष्ण बहादुर स्यङबोलाई तरकारी काट्ने चक्कु प्रहार गर्दा पेट, दुबै हातको नाडिमा काटी गम्भीर घाइते बनाएका थिए ।
गम्भीर घाईते भएका कृष्ण बहादुर स्यङबोलाई उपचारको लागि जनकपुर पठाईएकोमा बाटोमै मृत्यु भएको जनाएको छ ।
उक्त खबर प्राप्त हुन साथ सो स्थानमा प्रहरी टोलि खटिगई चक्कु प्रहार गर्ने पाल दोर्जे स्याङतानलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
लागूऔषध गाँजासहित तीन पक्राउ
सर्लाही ईश्वरपुर नगरपालिका १२ बाँके जङ्गलमा लालबन्दीबाट बाँके जङगल तर्फ मोटरसाइकलमा लागूऔषध गाँजा आईरहेको छ भन्ने बिशेष सुराकिको आधारमा प्रहरी टोली खटि गई तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चालक सर्लाही लालबन्दी नगरपालिका ११ बाहुनि टोल बस्ने बर्ष २४ को संगी लामा, सोही मोटरसाइकको पछाडि सवार बर्ष १९ को शंखलाल बल र अर्का पछाडि सवार सोही स्थान वडा नं. ८ नेवार टोल बस्ने बर्ष २७ को दिलिप कुमार लोक तामाङ् रहेका छन् ।
ना ६३ प ६७७ नं. मोटरसाइकललाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाइकलको साईडमा बाँधि राखेको २ वटा बोरा भित्र प्लास्टिकले बेरेको ५ किलो भएको ८ वटा पोकामा करिब ४० किलो गाँजा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।