नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री ढुवानी

रिपोर्ट नेपाल | 2021 Jul 06 | 07:15 pm 1461

काठमाडाैं, असार २२ः मिति २०७८ असार १ गते गएको बाढीका कारण सडक तथा पुलहरु क्षति भई पुर्णरुपमा सडक
सञ्जाल बिच्छेद भएको सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकाका बिकट इलाकाहरुमा बितरण गर्नको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री ढुवानी गरेकाे छ ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त भएका राहत सामग्रीहरु साेमबार नेपाली सेनाको हेलिकप्टरमार्फत उक्त स्थानहरुमा देहाय बमोजिम ढुवानी गरिएको र उक्त राहत सामग्री जिल्ला बिपद् व्यवस्थापन समितिद्वारा स्थानीय जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएकाे छ ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.