भीरबाट लडेर एक बालककाे मृत्यु

रिपोर्ट नेपाल | 2021 Jul 05 | 03:23 pm 1717

उदयपुर, असार २१ः जिल्लाको रौतामाई गाउँपालिका–४ माल्वासेमा एक बालककाे भीरबाट लडेर मृत्यु भएकाे छ  । मृत्यु हुनेमा स्थानीय  १३ बर्षीय बालक बिशाल सार्की रहेका छन् ।

बाख्रा चराउन घर नजिकै रहेको जंरगेडाँडा भिरमा गएका बालकको आईतवार अपरान्ह पौने ५ बजेको समयमा सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.