असहायको बैशाखी बन्दै कांग्रेस नेता बस्नेत

रिपोर्ट नेपाल | 2021 Jul 04 | 07:24 pm 6485

सिन्धुपाल्चोक, असार २०ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बाढी पहिरो विपद् व्यवस्थापन समितिका संयोजक मोहन बस्नेतले अहिले राजनीति गर्ने समय नभएर जनतालाई बचाउने समय भएको बताएका छन् ।

सभापति शेरबहादुर देउवाबाट संयोजकमा नियुक्ति पाए लगत्तै विपदबाट मृत्यु भएका प्रत्येक परिवारलाई पच्चीस हजार रकम दिने घोषणा गरेका बस्नेतले अब सिन्धुपाल्चोकका तीन अस्पताललाई रगत सञ्चय गर्ने रेफ्रीजेरेटर व्यवस्थापन गरिदिने भएका छन् ।

नेता बस्नेतले दाताको सहयोगमा रेफ्रिजेरेटर राखिदिने भएका हुन् । रेफ्रिजेरेटर राख्नका लागि बलेफी गाउँपालिका वडा नम्बर ८ निवासी युवा व्यवसायी तथा कांग्रेस नेता शुभाष तिमल्सिनाले चार लाख र उमेश प्रधानले एक लाख सहयोग गरेका छन् ।

उक्त रकमबाट खरिद गरिने रेफ्रिजेरेटर बाह्रबिसे अस्पतालमा राखिने भएको छ ।

त्यसैगरी मेलम्ची अस्पतालका लागि ठिमी नगरपालिकाकी उप मेयर अञ्जनादेवी मधिकर्मीको नेतृत्वमा उठाइएको एघार लाख एघार हजार एक सय एघार रुपैया मेलम्चीका मेयरलाई हस्तान्तरण गरिएको छ । उक्त रकमबाट मेलम्ची अस्पतालका लागि रेफ्रिजेरेटर र भेन्टिलेटर राखिने भएको छ ।

चौतारा अस्पतालका लागि युवा व्यवसायी तथा नेपाली कांग्रेस भोटेकोशीका कोषध्यक्ष अमृत कार्कीको सकृयतामा रकम जम्मा गरी रेफ्रिजेरेटर राखिने भएको छ ।

आपतमा परेका जनताको बैशाखी बनेका बस्नेतको सकृयताका कारण अब सिन्धुपाल्चोकमा रगतको अभावले मृत्युवरण गर्न नपर्ने भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.