भोली नै सर्वोच्चबाट निर्णय आउँछ त ?

| 2021 Jul 04 | 06:56 pm 1533

काठमाडौं, असार २०ः प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति सम्बन्धी सबै पक्षको बहस सकिएपछि आज निवेदक पक्षको अधिवक्ताहरुले जवाफी बहस प्रस्तुत गरेका छन् ।

अब भोली असार २१ गतेका दिन एमिकस क्युरीका तर्फबाट आधा घण्टाको दरले बहस प्रस्तुत गरेपछि सम्भवत बहुप्रतिक्षित, सबैको चासो र नेपालको राजनीति मै करेक्सन हुन सक्ने निर्णय आउने कुरा बरिष्ठ अधिवक्ताहरुको भनाई रहेको छ ।

संविधान बमोजिम असम्वैधानिक तरिकाले गरिएको संसद विघटन त सय प्रतिशत नै बदर हुन गई संसद ब्युँतने कुरामा प्रधानमन्त्री ओलीका समर्थित बाहेक देशका बाँकी राजनैतिक दलहरु, नागरिक समाज, बुद्धिजिवीहरु तथा आम सचेत नागरिकहरु विश्वस्त रहेका छन् ।

यसै गरी संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन हुने कुरामा पनि विश्वस्त त रहेका छन् तर सर्वोच्चको व्याख्या परामदेशबाट हुने कि सदन ब्युँतिएपछि त्यहीबाटै नयाँ सरकार आफै गठन गर्ने आशयको आदेश के कसरी आउँछ भनी आम जनताले चासो र उत्सुकताका साथ लिएको कुरा बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.