लागुऔषधसहित तीन युवक पक्राउ

| 2021 Jul 03 | 12:36 pm 1805

रुपन्देही, असार १९ः प्रहरीले लागुऔषधसहित रुपन्देहीको सैनामैनाबाट तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० बेमतेनी बस्ने बर्ष १८ को दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका–९ भलवाड बस्ने बर्ष २४ को रमेशबहादुर आचार्य र सोही बर्षको २५ को रमेश मरासिन रहेका छन् ।

उनीहरूलाई रुपन्देही सैनामैना नगरपालिका–१० बेमतेनीमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार अवैध लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट लागुऔषध (खैरो हिरोईन) ४ ग्राम ५०० मिलिग्राम फेला पारी बरामद गरी पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.