खोलाले बगाउँदा एक युवकको मृत्यु

| 2021 Jul 03 | 12:27 pm 1681

गोरखा, असार १९ः खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ । गोरखाको आरुघाट गाउँपालिका–३ सोतीस्थित फुङ्गीखोला तर्ने क्रममा आरुघाट–१ श्यामचेतका किरण लामालाई खोलाले बगाएर मृत्यु भएकाे हाे ।

उनलाई करिब २० मिटर तल पुर्‍याएको र स्थानीयले देखेपछि उद्धार गरेका थिए । बेहोस अवस्थामा उद्धार गरिएका ती युवकको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.