पर्वत, असार १९: पाँच दिनदेखि एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कुश्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कका ६७ वर्षीय बालकृष्ण विक रहेका छन् । उनी गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका स्थानीय शिक्षक सुरेन्द्र शर्मा गौतमले बताए।
श्रीमान-श्रीमती मात्रै बस्दै आएका उनीहरूबीचमा असार १४ गते सामान्य घर झगडा भएको १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोजेका थिए। बिहान करिब ८ बजेतिर घरबाट निस्किएका उनी अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको शिक्षक गौतमको भनाइ छ।
कोही मान्छेले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोष चोकमा देखेको बताएको भए पनि उनी कता लागे भन्ने खुलेको छैन। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आए लगत्तै खोजी भइरहेको भए पनि उनको अवस्थाबारे पत्ता लाग्न नसकेको बताए।