क्यानडा पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा अधिकारी पक्राउ

| 2021 Jul 02 | 08:14 pm 1269

काठमाडौं, असार १८ः क्यानडा पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक जानलाई महानगरीय अपराध महाशाखाले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका-४ तामाघाट घर भएका २१ वर्षीय प्रजिन अधिकारी रहेका छन् ।

उनले सर्लाही लालबन्दी नगरपालिका-७ रानीगञ्ज बस्ने ३० वर्षीय पुरुषलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी झुक्याई १७ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन हुँदै फरार भएको भन्ने खबर गत वैशाख १३ गते प्राप्त भएपछि अनुसन्धान गर्दै जानेक्रममा उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काभ्रे बनेपा नगरपालिका-२ दाहालगाउँबाट पक्राउ गरेको हो ।

अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनि प्रलोभनमा पारेर करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको बुझिन आएको छ ।

प्रजिनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.