बैंकिङ् कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

| 2021 Jul 01 | 05:38 pm 3937

काठमाडाैं, असार १७ः रजनी मिश्र र महेश महर्जनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सानुकाजी महत भएको बैंकिङ् कसूर मुद्दाहरु थान-२ मा सम्मानित उच्च अदालत पाटनको क्रमश: मिति २०७७/०९/१४ र २०७७।१०।१८ गतेकाे फैसला पश्चात फरार रहेका एक अभियुक्तलाई ब्यूराेले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रामेछाप खाँडाखेती गाउँपालिका  ७ स्थायी वतन भई काठमाडौं गोकर्णेश्वर नगर पालिका ७, जोरपाटी, नयाँवस्ती बस्ने बर्ष ४५ का सानुकाजी महत रहेका छन् ।

क्रमश: १५ दिन कैद ३५ लाख रुपैया जरिवाना र ५ दिन कैद र १३ लाख जरिवाना गरी कुल २० दिन कैद र ४८ लाख जरिवाना हुने ठहर भएको र उक्त सजाय वेरुजू रही फरार रहेकोले उनलाई यस कार्यालयबाट खटीएको टोलिले का.म.न.पा. ७, जोरपाटीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको बताइएकाे छ।

२०७६ सालमा प्रतिवादी सानुकाजी महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र एन.सि.सि. बैंकहरुमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पिडींत जाहेरवालाहरुलाई ४८ लाख रुपैंया बराबरको चेकहरु काटी दिएकोमा बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरि फैसला भएको ब्यहोरा समेत जानकारी गराईएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.