मित्रराष्ट्र अमेरिकाबाट नेपाली सेनालाई Out Board Motor सहितको Rescue Boat हस्तान्तरण

| 2021 Jul 01 | 12:41 pm 2897

काठमाडाैं, असार १७ः मिति २०७८ असार १५ गते छाउनी स्थित श्री जंगी असवाव खानामा एक कार्यक्रमकाबीच मित्रराष्ट्र
अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप Out Board Motor सहितको Rescue Boat ४ वटा उपलव्ध
गराएको छ ।

अमेरिकी राजदुतावासका ODC (Office of Defense Cooperation) Chief Maj. Michael P. White
द्वारा नेपाली सेनाको श्री विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त
Rescue Boat हरु हस्तान्तरण गर्नु भएको व्यहोरा जानकारी गराईन्छ । उक्त Rescue Boat हरु बाढी/डुवान जस्ता
जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको  बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.