जंगली हात्तीको आक्रमणबाट उदयपुरमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Jul 01 | 09:03 am 2265

काठमाडौं, असार १७: जंगली हात्तीको आक्रमणबाट उदयपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलका नगरपालिका-२ रामनगरका ४० वर्षीय कमल यादव रहेका छन् ।

बुधबार राति साढे १० बजे बस्तीमा प्रवेश गरेको हात्तीलाई धपाउने क्रममा आक्रमण गर्दा उनको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमका अनुसार हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको हाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.