चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु, एक जना घाइते

| 2021 Jun 29 | 03:00 pm 2629

पर्सा, असार १५ः मंगलबार बिहान चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  खेतमा धान रोप्न र भैंसी चराउन गएका बेला एक महिलासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ देवरबानाका ५५ वर्षीय रघुवीर यादव बिहान भैंसी चराउन आफनै खेतमा गएको बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानीका २७ वर्षीय रुस्लान गदीको पनि चटयााङ लागेर मृत्यु भएको छ। पटेर्वासुगौली वडा नम्बर ४ स्थित बिहान भैंसी चराउन गएका बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै भैंसी चराउन गएका राजवली गदी, चट्याङ लागेर गम्भीर घाइते भएका छन्।

घाइते राजवलीलाइ उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिए। यस्तै खेतमा धान रोप्न गएका बेला चङटयाङ लागेर पर्साकै जीराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुरकी ५० वर्षीया असतुरनी देवी थारुको पनि मृत्यु भएको छ।

खेतमा बिहान धान रोप्न गएका बेला चट्याङ लागेर थारुको घटनास्थलमै मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.