सुनका मालिक रामबाबु सिंह प्रकाउ

रिपोर्ट नेपाल | 2018 Jul 16 | 07:11 pm 4135

काठमाडौँ, असार ३२ : बीरगञ्जबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको एक किलो सुनको मालिक रामबाबु सिंह पक्राउ परेका छन् । गत शुक्रबार सिंहलाई राजश्व अनुसन्धान कार्यालय पथलैयाले प्रकाउ गरेको हो ।

बीरगञ्जबाट भारततर्फ लैजादै गर्दा गत असार १५ गते पर्सा प्रहरीले प्रकाउ एक भरियालाई पक्राउ गरेको थियो ।  सर्लाही हरिपुरका सन्तोषकुमार साह कलवारलार्इ इनरुवा प्रहरी चौकीले शंकरार्चाय गेट नजिकबाट प्रकाउ गरेको थियो ।

ना ४८ प ३७७४ नम्बरको मोटरसाइकल मार्फत रक्सौल लादै गर्दा  उनलाई प्रकाउ गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा अनुन्धानका लागि राखिएको थियो ।

उनै भरिया कलवारले सुनका मुख्य मालिक नै रामबाबु सिंह रहेको भनि बयान दिएपछि उक्त अवैध सुनका मालिक रामबाबु सिंह रहेको पुष्टि भएको हो । सिंहलाइ राजश्व अनुसन्धान कार्यालय पथलैयाको हिरासतमा राखी बयान लिने काम भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.