चितुवाको छालासहित दुई जना पक्राउ

| 2021 Jun 25 | 07:55 pm 1521

काठमाडौं, असार ११ः प्रतिबन्धीत चितुवाको छालासहित दुई जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली मरिन गाउँपालिका ३ सिरटोल घर भई हाल काठमाडौं महानगरपालिका १५ स्वयम्भु बस्ने ३२ वर्षीय सुशिल कुमार वाइबा र सिन्धुली घ्याङखोला गाउँपालिका १ अमले घर भई हाल स्वयम्भु बस्ने ३४ वर्षीय कान्छाराम वाइबा रहेका छन् ।

उक्त चितुवाको छाला अवैध रुपमा ६० लाखमा बिक्रिवितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोलीले उनीहरुलाई शुक्रबार स्वयम्भुबाट पक्राउ गरिएको महाशाखाले जानकारी दिएको हो ।

महाशाखाको टोली १ थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.