प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

| 2021 Jun 25 | 04:33 pm 2749

काठमाडाैं, असार ११ः २०७८ आषाढ ०७ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार पाइलट उपरथी दर्जामा पदोन्नति भएका पाइलट सहायक रथी आशिश नरसिंह राणालाई प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार जङ्गी अड्डामा
आयोजित विशेष कार्यक्रमकाबीच पाइलट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पाइलट उपरथी दर्जामा पदोन्नति भएका पाइलट उपरथी आशिश नरसिंह राणालाई श्री सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.