चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा

रिपोर्ट नेपाल | 2021 Jun 23 | 06:22 pm 3029

काठमाडाैं, असार ९ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कर फर्छर्यौट आयोगका २०७१ का पदाधिकारी अध्यक्ष लुम्बध्वज महतसँगै उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

बुधबार आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।  आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो । आयोगले उनीहरुमाथि कानुनविपरीत कर छुट दिइएको आरोप लगाएको छ।

उनीहरुले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.