पहिरोले पुरिँदा राेल्पामा एकै परिवारका तीन जनाको मृत्यु

| 2021 Jun 23 | 11:46 am 2589

रोल्पा, असार ९ः गएराति लगातार परेकाे पानीले पहिरो गई घर बगाउँदा राेल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा नगरपालिका –९ होमाका  टिका सिंह बुढा मगरको आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी  सुशीला बुढा मगर र  १५ बर्षीया  छोरी  श्यामकला बुढामगर रहेका छन् ।

रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार रातकाे समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरका तीन जना परिवारकाे पहिरोमा पुरिएर ज्यान गएको हो ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली जाँदै गरेको प्रवक्ता रानाले बताए । ६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने  बाँच्न सफल भएको प्रहरी निरीक्षक रानाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.