पूर्वी नवलपरासी, असार ८ः जिल्लाको विनय त्रिवेणी गाउँपालिका ३ सर्दीस्थित डम्रे खोलाले बगाई बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारको छ ।
बझाङ जिल्ला स्थायी घर भएका २४ वर्षीय लक्ष्मण बोहोरा माछा मार्ने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको बताईएको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा वेश सर्दीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।
श्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ बिगी पुलस्थित जनकपुर मटिहानी सडकखण्डबाट मंगलबार सशस्त्र प्रहरीले ३९ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय संजय कुमार साह रहेका छन् । अन टेस्ट लेखेको स्कुटरमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला पारेको हो ।
त्यसवेला निजको उक्त रपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । बरामद रुपैयाँ तथा स्कुटरसहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईको छ ।