ओलीले सर्वोच्चमा भ्याकेट निवेदनदर्ता गराएसँगै नेपाल समूह सशंकित

रिपोर्ट नेपाल | 2021 Jun 22 | 07:25 am 1821

काठमाडौं, असार ८ः नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदनदर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ ।कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने फैसलाविरुद्ध एमाले संस्थापन पक्षले भ्याकेटमा जाने निर्णय गरेको हो ।

पार्टीभित्रको जारी विवाद समाधान गर्न दोस्रा तहका नेताहरूले सक्रियता बढाइरहेका बेला संस्थापन पक्षले भ्याकेट दर्ता गराएपछि खनाल–नेपाल समूहले एकताको नाममाआफूहरूलाई भुलाउने मात्रकाम गरेको निष्कर्ष निकालेको छ ।

एमालेका नेता सुवास नेम्वाङले भ्याकेटमा जाने निर्णय र पार्टीको एकता प्रक्रियाबीच कुनै साइनो नरहेको बताए । उनले नेपाल समाचारपत्रसँग भने–‘पार्टी छोडेर जानेमाथि पार्टीले कारबाही गर्छ । पार्टीलाई अनुशासित ढंगले सञ्चालन गर्न भ्याकेटमा जाने निर्णय भएको हो ।’ उनले पार्टीलाई विधिसम्मतरूपमा अगाडि बढाउन भ्याकेटमा गएको बताउँदै यसले एकतालाई कुनै असर नगर्ने बताए ।

खनाल–नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा पार्टी कमिटीलाई ब्युँताए मात्र एकता हुने बताउँदै आएकोमा अध्यक्ष ओलीले भने जेठ ३ पूर्वकै अवस्थामाफर्किन तयार रहेको छबुँदे प्रस्ताव गरेका थिए । अध्यक्षओलीले आयोजक कमिटी सदर गर्नुपर्ने भन्दै निवेदन दिएपछि एकता नचाहेको प्रस्ट भएको नेपाल समूहका नेता वेदुराम भुसाल बताउछन् ।

पार्टी एकताको विषयमादुवै पक्षका नेताबीच अनौपचारिक संवादतीव्र बनिरहेका बेलामा फेरि दुवै समूहबीच आरोप–प्रत्यारोप शुरूभएको छ । संस्थापनपक्षले जेठ ३ पूर्वकै अवस्थामा फर्कन अध्यक्षओलीले गरेको प्रस्तावलाई अस्वीकार गरेर नेपाल समूहले एकता नचाहेको आरोप लगाउँदै आएको छ भने नेपाल समूहले जेठ २ को कमिटी ब्युँताउन इच्छा नदेखाएकाले एकताको पक्षमा नरहेको आरोप लगाएको छ ।

संस्थापन पक्षले एकताका लागि सर्वोच्च अदालतमा दायर रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ भने खनाल–नेपाल समूह संसद् विघटन र देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता नलिने अडानमा छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.