सशस्त्र प्रहरीद्वारा पोखरीमा डुवेका दुई बालिकाको शव फेला

| 2021 Jun 21 | 05:57 pm 3109

कपिलवस्तु, असार ७ः जिल्लाको बुद्धभूमि नगरपालिका ६ स्थित एक पोखरीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका दुई जना बालिकाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

फेला पर्नेमा सोही ठाउँ बस्ने १२ वर्षीया रिता पासी र १३ बर्षीया खुस्बु मिया रहेका छन् । उक्त पोखरीमा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चौरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको शव पोखरीबाट बाहिर निकालेको हो ।

लागूऔषधसहित भण्डारी पक्राउ
मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १७ ईस्लामपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ सय मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको विराटनगर महानगरपालिका ६ बस्ने २४ वर्षीय प्रल्हाद भण्डारी रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश ईस्लामपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो ।

पक्राउ परेका भण्डारीलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.