जापानमा रहेका आरसीले कारागारका बन्दीलाई सम्झे

| 2021 Jun 19 | 01:01 pm 10877

गुल्मी, असार ५ः नेपाली कांग्रेस इस्मा गाउँपालिका वडा नम्बर ६ का उपसभापति लालबहादुर कुँवरका छोरा रामचन्द्र कुँवर(आरसी)ले आफ्नी स्वर्गीय आमा पशुपती कुँवरको स्मृतिमा गुल्मी कारागारका बन्दीका लागि खेलकुद र स्वास्थ्य सामाग्री पठाइदिएका छन् ।

No description available.

जापानमा होटल व्यवसाय गर्दै आएका आरसीले रिपोर्ट नेपाल डटकमले आफ्नो सामाजिक दायित्व अनुसार आग्रह गरेपछि उक्त सामाग्री खरिदका लागि पन्ध्र हजार पठाएका थिए ।

दुई वर्षको उमेरमा मातृत्व माया गुमाएका कुँवरले कारागारमा बन्दी जिवन बिताउँदै आइरहेका दाजुभाई तथा दिदीबहिनीमा कसैको नजर नपुगेको भन्दै खेलकुद र स्वास्थ्य सामाग्री पठाएका हुन् ।

सानै उमेरदेखि समाजसेवा प्रति समर्पित रामचन्द्रले यस अघि पनि जिल्लाका विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएका छन् ।

कुँवरले पठाएको सामाग्री नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ र इस्मा ६ का सभापति रेशम कुँवरले बन्दी गृहका नाइकेलाई हस्तान्तरण गरेका थिए ।

No description available.

स्वास्थ्य र खेलकुद सामाग्री हस्तान्तरण गर्दै नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले धन दलौतले धनी भएर मात्र हुँदो रहेनछ मनको धनी हुनुपर्ने रहेछ भन्दै रामचन्द्र कुँवर मनको धनी भएको बताएका थिए ।

सभापति श्रेष्ठले कसैको नजरमा नपरेको सुधार गृहमा दृष्टी पुर्याएका रामचन्द्रलाई धन्यवाद समेत दिएका थिए । श्रेष्ठले युरोप भएका भन्दा दुःखका बेला खाडी मुलुकमा रहेका नेपालीले अक्सीजन पठाएको स्मरण गर्दै कसैको नजर नपरेको क्षेत्रलाई दृष्टी पुर्याउने रामचन्द्र कुँवरको प्रशंसा गरेका थिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका उपसभापति विष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, कारागारका कर्मचारी र सुरक्षा प्रमुखको उपस्थिति रहेको थियो । समाजसेवी कुँवरले माक्स, सेनिटाइजर, भलिबल, लुँडो, चेस, व्याडमिन्टन, स्पीकिङ लगायतका सामाग्री पठाएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.