बानियाको पहलमा स्वास्थ्य सामाग्री तथा खाद्यन्न मुगुकाे खत्याड गाउँपालिकामा लगिंदै

| 2021 Jun 17 | 07:51 pm 4761

मुगु, असार ३ः विश्व महामारीको रुपमा दोस्रो लहरमा फैलिएको कोरोनाका कारण हिमाली जिल्ला मुगु पनि अछुतो रहन सकेन । उक्त जिल्लामा रोगले भन्दा पनि भोकले जनताको जनजिवन अस्तव्यस्त भएको अवस्था रहेको छ ।

No description available.

यस्ता किसिमको समस्याबाट कोही पनि भौतारिन नपरुन भनेर समाजसेवी अनिल बानियाको पहलमा जिल्लाको खत्याड गाउँपालिकामा लाखौंको स्वास्थ्य सामाग्री तथा खाद्यान्न लगिएको समाजसेवी बानियाले बताए ।

No description available.

सामाग्रीहरुमा अक्सिजन कनेक्टर ५ थान, मास्क २ हजार पीस, पीपीई २ सय पीस, सेनीटाइजर ४० लिटर, हेण्ड वास्ट २० लिटर, फिनेल २० लिटर, किट ४० पीस, भाइजर र पुट २ सय पीस र १० पीस, होम आइसोलेसनमा बस्नेलाई किट ५० पीस, अक्सिजन सिलिण्डर ५ पीस, अक्सिमिटर १० पीस तथा औंषधीहरुमा सिटामोल, साइनेक्स र भिटामिन रहेको बानियाले जानकारी दिए ।

No description available.

त्यसैगरी १ सय घरधुरीलाई १ सय बेरा चामल र नुन पनि लगिएको र उक्त खाद्यान्न अपाङग तथा गरिब र बृद्धा बृद्धा जस्ता व्यक्तिहरुलाई प्राथमिकताका आधारमा दिइने समाजसेवी बानियाले बताए ।

No description available.

उक्त सामाग्री मिराई ग्लोबल एजुकेसन एंड भिसाका तर्फबाट नेपालको कर्णाली प्रदेशमा अवस्थित विकट जिल्ला मध्येको एक मुगु जिल्लाको लागि कोविड राहत स्वरुप खाद्यान्न १ सय बाेरा चामल  मिराई ग्लोबलले सहयाेग गरेको छ। यस मीराई ग्लोबल एजुकेसन एंड भिजा विगत पाँच वर्ष देखि अस्ट्रेलियाको ब्रिसबेन सहरमा स्थापित भै हाल नेपालमा दुइवटा शाखा र श्रीलंकामा एक गरी चार वटा शाखा सफलता पूर्वक सञ्चालन गर्दै आइरहेको छ । यसका मेनेजिङ डिरेक्टर श्री उमेश खड्का, गैर नेपाली संघ अष्ट्रेलियाको उपाध्यक्ष समेत हुन् र हाल अस्ट्रेलियाको बिर्जवेनमा बसोबास गर्दै आफ्नो व्यवसायका साथसाथै सामाजिक कार्यमा सक्रिय छन्। अन्य औषधीहरू, एक एक पाइला, हाम्रो टिम नेपाल, बोधिसत्व विहार, राष्ट्रिय आविष्कार केन्द्र, सडकमा स्वास्थ्य र हेण्स नेपालले सहयोग गरेको हाे ।

No description available.

समाजसेवी बानियाको पहलमा यस अघि पनि विभिन्न किसिमका सहयोगका सामाग्रीहरु विभिन्न स्थानहरुमा वितरण गरिसकेका छन् ।

सामाग्री ढुवानी गर्ने क्रममा सडक कच्ची तथा लगातारकाे वर्षाका कारण समस्या भएकाे र अबकाे कही दिनमा उक्त सामाग्री गन्तव्यमा पुर्याइ वितरण गरिने समाजसेवी बानियाले बताए ।

No description available.

उनी यस्ता किसिमको विषम परिस्थितिमा पनि देश र जनताका निम्ति आफ्नो ज्यान जोखिममा राखेर अग्र स्थानमा रहेर काम गरिरहेका छन् ।

No description available.

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.