काठमाडैँ, असार ३२ : होटेलमा लगी विभिन्न डर देखाएर जवजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । सिन्धुली मनिणठाकुर गाँउपालीका वडा नं. ४ बस्ने ३१ वर्षीय सिंहलाल थिङलाई प्रहरीले पक्राउ गरेको हो ।
थिङले मिती २०७४/०६ /२२ गते वर्दिवास- २१ महोत्तरीकी २५ बर्षीया सरिता शाहा (नाम परिवर्तन)लाई विदेशबाट सामान ल्याईदिएको बहानामा वर्दिवास बजारस्थित हेटेल विनायकमा लगेर विभिन्न डर-त्रास देखाएर जवजस्ती करणी गरेको इलाका प्रहरी कार्यलय वर्दिवासले जनाएको छ ।
थिङलाई पक्राउ गर्नको लागि प्रहरीले इन्टरपोल समेत जारी गरेको थियो । नेपल प्रहरीले युएई प्रहरीको सहयोगमा थिङलाई आइतबार नेपाल ल्याएको थियो । थप कारवाहीको लागि थिङलाई सोमबार इलाका प्रहरी कार्यलय वर्दिवास पठाइसकेको प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
