पहिरोले घर पुरिँदा पाल्पामा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Jun 16 | 08:12 am 2073

पाल्पा,  असार २ः  पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–४ मन्छिपका १९ वर्षका मदन भट्टराई रहेका छन् ।

लगातार परेको पानीले हिजो बेलुका घर माथिबाट खसेको पहिरोले महेन्द्र भट्टराई क्षेत्रीको घर पुरिँदा छोरा मदनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.