काठमाडाैं, जेठ ३१ः साेमबार काठमाडौँको सिनामंगलमा नेविसंघले एक साङ्केतिक प्रधानमन्त्रीकाे कुर्सीलाई सडकमा फ्याँकिएको छ ।

विद्यार्थी नेता ईन्जिनियर भुवन भट्टका अनुसार वर्तमान सरकार र सरकारका मन्त्रीहरू जनता, राष्ट्रप्रति पूर्ण गैर जिम्मेवार भएका कारण सरकारको कुर्सी सडकबाटै फाल्ने चेतावनी स्वरूप हामीले सडकमा कुर्सी फालेका बताए ।
फ्याँकिएको एक पुरानो कुर्सीमा उनीहरुले “जनता मार्ने तर कुर्सी नछोड्ने ओलीको कुर्सी, “नालाक सरकार मुर्दावाद” लगायतका पम्पलेट समेत टाँसेका थिए ।

वर्तमान सरकारले जनताको जीवनको भन्दा कुर्सीको मोहमा लिप्त भएको भन्दै उनीहरूले उक्त कुर्सी सडकमा फालेका बताएका छन् । कुर्सी सडकमा फाल्ने क्रममा नेवि संघका नेताहरूलाई प्रहरीले धरपकडसमेत गरेका थिए ।