चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

रिपोर्ट नेपाल | 2021 Jun 13 | 07:35 pm 2533

पर्सा, जेठ ३०ः जिल्लाको वीरगंज महानगरपालिका १० स्थित आदर्शनगरबाट सशस्त्र प्रहरीले करीव ७ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

सोही ठाउँमा रहेको गढीमाई ट्रान्सपोर्ट प्रालि लिमिटेडमा भन्सार छली अवैध रुपले ल्याई लुकाई छिपाई राखेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.