कोरोनाबाट बच्न विभिन्न जडिबुटीबाट तयार गरीएको आयुर्वेदिक औषधी वितरण

रिपोर्ट नेपाल | 2021 Jun 12 | 07:29 pm 1877

  • महेश सिंह महतो

सिरहा, जेठ २९ः बिश्व हिन्दु परिषद सिरहाले एक दर्जन भन्दा बढी जडिबुटीबाट तयार पारीएको आयुर्वेदिक पाउडर निः शुल्क रूपमा वितरण गरेको छ । कोरोना भाईरसबाट जोगिन पाउडर वितरण गरिएको हो।

No description available.

बिश्व माहमारीको रूपमा फैलिएको कोरोना भाइरसले मानिसहरु बिश्व भरी आतंकीत भएका छन्। नेपाल सरकारले दोस्रो चरणको कोरोना भाईरस विरुद्धको खोप लगाउन सम्पूर्ण नेपाली जानतालाई आग्रह गरेका छन् ।

कोरोना खोप नेपालमा उपलब्ध नभएको बेला मान्छेले घरायसी जडिबुटी प्रयोजनमा ल्याउने गरेको थिए।अहिले पनि कोरोनाको अचुक औषधीमा बेसार,अदुवा, कालो मरिचको पानीमा घोलेर पकाएर खाने गरेका छन्।

उक्त जडिबुटीको कुनै साईड ईफेक्ट नभएकोले मानव शरीरको लागि लाभदाई र हितकारी भएकोले अत्याधिक मात्रामा प्रयोग गर्ने गरेको पाइएको छ।

बिश्व हिन्दु परिषद नेपाल नामको एक धार्मिक संस्थाले करिब पन्ध्र प्रकारको जडिबुटीबाट तयार पारीएको मिश्रण पाउडर सिरहा जिल्लाको विभिन्न ठाँउमा निः शुल्क रूपमा वितरण गर्दै आएका संस्थाको जिल्ला सचिब शिबदेब साहले जानकारी दिए ।

पन्ध्र प्रकारको जडिबुटीबाट तयार पारीएको मिश्रण सेबन गर्दा रोगसंग लड्ने प्रतिरोधात्मका क्षमता बलियो बनाउने एक प्रकारको अमुल्य जडिबुटी हुन् उक्त जडिबुटी लिन जनसमुदायमा मान्छेको भिड लाग्ने गरेको सचिव साहले बताए ।

दोस्रो चरणको खोप लगाउन सिरहामा मान्छेहरुको भिड लाग्ने गरेको छ। खोप लगाउन हिचकिचाहट भए पनी ज्यान बचाउन मान्छेले आफूले पाईक पर्ने खोप केन्द्रमा खोप लगाउन भिड लाग्ने गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.