ओली समुहभित्रै असन्तुष्टि

रिपोर्ट नेपाल | 2021 Jun 11 | 06:11 pm 2197

काठमाडौं, जेठ २८ः प्रधानमन्त्री ओलीका बेचैनीका दिन सुरु भएको कुरा उनका निकटतमहरुको असन्तुष्टिबाट विस्तारै पोखिन थालेको देखिन्छ ।

उनका निकटका भनेर चिनिने महेश बस्नेत र गोकुल बाँस्कोटा दुबै मन्त्री हुने भनेर पूर्ण निश्चित भई बसेका थिए, तर संयोग दुबै परेनन् ।

भनिन्छ उनीहरु एकले अर्कालाई खुट्टा तानेर मन्त्री हुन नपाएका । केपीका नजिकका र केपी बा बाट कुनै गल्ती नै हुन सक्दैन भनी अरती उतारे झैं गरी बसेका बस्नेत, बाँस्कोटा, सूर्य थापा, विष्णु रिमाल र अलिक पर गएर देश, काल, परिस्थिति र विद्यताले बरिष्ठ वकिल अग्नी खरेल जस्ताहरुको इशारामा हिडेका ओली अहिले एक पछि अर्को गर्दै आफूले चालेको कदममा पछारिन थालेका छन् ।

गृह मन्त्री त पक्का, नभए संचार हुने भनी आफन्तलाई सुनाउँदै हिडेका गोकुल बाँस्कोटाले त मन्त्री पदबाट नाम कटाउने उनै रिमाल, राजन भट्टराई बाँस्कोटालाई कुनै दिन देखाइदिउँला भन्दै धम्की दिन थालेका छन् भने युवा संघका केन्द्रीय सभापति किरण पौडेल मार्फत मन्त्री पद नपाएको झोकमा प्रधानमन्त्री ओलीलाई राणाकालिन र शाहवंशीय इतिहासका पानामा पढ्ने गरेका षडयन्त्र, दण्डपेचका कथाका झझल्को दिने अनेक हत्कण्डाहरु आज हाम्रै पस्ताका नेता (महेश बस्नेत) का विशब्द भएको भनी वक्तव्य मार्फत बिरोधका स्वर अघि बढाइएका छन् ।

प्रम ओलीका चर्चित सहयोगी महेश र गोकुल अहिले मन्त्रीपद नपाएर बमबम हुन पुगेका छन् । ओलीका प्रमुख सहयोगी सल्लाहकार कानुनविद् भएर पनि ऐन कानुन नियम र संविधान बाहिर जान उक्साउने सुभाष नेम्वाङ पनि सर्वोच्चका अध्यादेश बदर प्रकरणबाट आत्तिन पुगेको कुरा उनी नजिककाहरुले बताउने गरेका छन् ।

उस्तै उनैको सल्लाह वा इशारामा सर्वोच्च समक्ष बेन्च धकधकाउन जाने अहिले र पूर्वका महान्यायाधिवक्ताहरु पनि केपीको सेटिङ भत्केछ, अब हाम्रो केही लाग्दैन भनेर भन्न थालेका छन् रे ।

कुनै स्तरीय र व्यक्तित्ववान व्यक्ति एमालेबाट मन्त्री पनि नबनाइएकाले अब विस्तारै ओली अधोगमनतिर लागेको कुरा ओली समुहकै व्यक्तिहरु भन्न थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.