काठमाडौं, जेठ २८ः धक्कै धक्काले बालुवाटारमा रुवाबासी चल्न सुरु भएको बालुवाटार सुत्रले जनाएको छ । हिजो २७ गतेका दिन त केपीलाई मच्छडले २/४ तिरबाट आक्रमण गरेझैं सबैतिरबाट आक्रमण हुन पुगेको छ ।
बिदेशी प्रभुको इशारामा सदन विघटन गरेको भोलिपल्ट नागरिकता अध्यादेश ल्याएको विषयलाई सर्वोच्चले बदर गरिदिएर बालुवाटारलाई ठूलै झट्का पुर्याई दिएको छ ।
आफ्ना पार्टीका इमान्दार सांसदलाई आफ्नै यस म्यान त हुन् नि भनेर खास ५ /६ जनालाई मात्र मन्त्री पद दिई बाँकी सबै उतैको इशारामा उतैलाई खुसी पार्न दिइएको मन्त्री पद पनि नागरिकता अध्यादेश बदर भए झैं सर्वोच्चबाट बदर भए केपी ओली घर न घाटका हुन पुग्छन भनी केपी कै एक कार्यकर्ता बताउँछन् ।
मन्त्रालयको मन्त्री हुने भनी जुँगामा ताउ लगाउँदै बसेका महेश बस्नेत पनि यतिखेर मन्त्री पदबाट नाम काटिएपछि हिस्स बुढी हरियो दाँत भन्दै उक्त कमेन्ट गर्दै बाहिरिएका थिए रे ।
बालुवाटारलाई नागरिकता अध्यादेशले झट्का दिए झैं गण्डकीका मुख्य मन्त्री गुरुङ विश्वासको मत लिने क्रममा असफल भई बाहिरिनु पर्दा प्रभुका अति विश्वास पात्र मध्येका एकलाई सत्ताबाट गुमाउनु पर्दा अर्को ठूलै झट्काको महसुस प्रभुलाई हुन पुगेको छ ।
यसैगरी सर्वोच्चबाट सुदूर पश्चिमका प्रकाश ज्वाला सहित ४ जना प्रदेश सांसदलाई केपीको दम्भ र अहंकारका सामु ऐन कानुन संविधान भन्दा बाहिर गई खारेज गरेको सांसद पदलाई ब्यूँताई दिएकाले अर्को पनि ठूलै झट्का लाग्न पुगेको बालुवाटारको सोही सुत्रले बताएको छ ।
यसरी नै नियम कानुन पन्छाएर आफ्नै एमाले पार्टीलाई दशौं महाधिवेशन समिति गठन गरी आसे, पासे, हुक्के, पाले, जन्तीलाई पार्टीका हरेक पदमा नियुक्त गर्दै आफ्नो धुम धुवाँ गरी आरती नउतार्ने पूर्व प्रम जस्ता पार्टीका खम्बालाई ठाडै घोक्रे ठ्याक लगाउन अलिकतिपनि लाज, शरम, घिन, नैतिकताको ख्याल नगर्ने ओलीको उक्त निर्णयलाई पनि न्यायलयबाट बदर गरिदिएकोले अर्को त्यस्तै धक्का लाग्न पुगेको छ ।