कञ्चनपुर, जेठ २०: लिचिकाे दाना घाँटीमा अड्किएर ६ महिने शिशुकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका ५ सुकासाल बस्ने भुपेन्द्र चन्दका ६ महिने शिशु वीरेन्द्र चन्द रहेका छन् ।
शिशुले बुधबार अपरान्ह आँगनमा खेल्ने क्रममा लिचीको दाना मुखमा हाल्दा घाँटीमा अड्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।
उनका अनुसार लिचीको दाना घाँटीमा अड्किएको थाहा पाउनेबित्तिकै तत्कालै परिवारजनले शिशुलाई उपचारका लागि महाकाली अस्पताल पुर्याएका थिए।
अस्पताल पुर्याए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएको बताइएको छ।