यात्रुको सहजताका लागि मल्हनियामा प्रतिक्षालयको सिलन्यास

रिपोर्ट नेपाल | 2021 Jun 03 | 12:52 pm 3797

  • महेश सिंह

सिरहा, जेठ २०ः सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर १ मा यात्रु प्रतिक्षालयको सिलन्यास कार्यक्रम सम्पन्न भएको छ। पूर्व मन्त्री तेजु लाल चौधरीको आर्थिक सहयोगमा उक्त प्रतिक्षालय निर्माण हुन् लागेको हो ।

No description available.

घाम र पानीबाट छल्न यात्रुलाई सहजताको लागि उक्त प्रतिक्षालय बनाउन लगेको हो। सागरमाथा उपभोक्ता समिति गठन गरी ४ लाखको आर्थिक लागतमा प्रतीक्षालय निर्माण हुन् लागेको हो ।

No description available.

उपभोक्त समितिको अध्यक्षमा राधे श्याम यादव, कोषाअध्यक्षमा बिना देबि यादव, सचिबमा उमेश कुमार यादव लगायतका ब्यक्तिहरु रहेका छन्।

सार्बजनिक प्रतिक्षालय निर्माण गराउने जिम्मा गाउँपालिकाको प्राबिधिक श्रावण साहको रहेको स्थानीयले बताए ।

No description available.

निर्वाचित जनप्रतिनिधि तथा वडा सदस्य धनबिर यादव र वरिष्ठ समाजसेवी तथा पूर्व वडा अध्यक्ष राम नारायण यादव लगायतका ब्यक्तिहरुले सार्वजनिक प्रतीक्षालयको सिलन्यास गरेका हुन् ।

No description available.

उक्त कार्यक्रममा शिक्षक बिसेश्वर यादव समाजसेवी निर्मल यादव, मुसहरु यादव, सत्यनारायण यादव, शिब राम यादव, प्रमानन्द यादव लगायतका ब्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको स्थानीय युवा वरिष्ठ समाजसेवी तथा सादगी प्रबिन चौधरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.