खोलाले बगाउँदा संखुवासभामा एक जनाको मृत्यु

| 2021 May 29 | 04:53 pm 1757

संखुवासभा, जेठ १५: पिलुवा खोलाले बगाउँदा संखुवासभामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मादी नगरपालिका–५  मुलपानीका ३० वर्षीय महेश दाहाल रहेका छन् ।

उनी अरुण भ्याली हाइड्रोपावरका कर्मचारी भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

दाहाललाई शुक्रबार दिउँसो ३ बजे खोला तर्ने क्रममा पिलुवा खोलाले बगाएर बेपत्ता बनाएको थियो। उनको शव शनिबार बिहान घटना स्थलभन्दा एक किलेमिटर तल चैनपुर नगरपालिका–७ मा फेला परेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए।

शुक्रबार शव फेला नपरेपछि स्थानीय र प्रहरीले शनिबार विहानैदेखि खोजी गरेका थिए। उनी घरबाट कार्यालय आउँदै गर्दा पिलुवा खोलाले बगाएको थियो। उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्रले चैनपुर ल्याइएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.