चितवन, जेठ १५ः शनिबार गैंडाको आक्रमणमा परी चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीया तेज कुमारी सुनुवार रहेकी छन् ।
कालिका नगरपालिका–१ चतुमुर्खी सामुदायिक वनमा घाँस काट्न तथा न्यूरो खोज्न गएकी उनीलाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो ।
गम्भीर घाइते सुनुवारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।